जीवन खड्का
प्यूठान,२४ फाल्गुन ।
कृषि पर्यटन उद्योग प्रर्वद्धन योगा ध्यान शिविर सञ्चालन प्यूठान जिल्ला योगामय वातावरण निर्माण गरौँ भन्ने मूल नारा सहित सञ्चालन हुने प्यूठान महोत्सव २०७३ को आज दिउसो १२ वजे उद्घाटन हुने भएको छ ।
योगाहल निर्माण सहयोगार्थ स्वाभिमान एकिकृत ग्रामिण विकास सँस्थाद्धारा सञ्चालित स्वाभिमान एकिकृत ग्रामिण विकास सँस्था विजुवारको आयोजना प्यूठान नगरपालिकाको सह–आयोजना तथा पतञ्जली योगा समिति प्यूठान स्वर्गिय माधवा स्मृति अक्षयकोष प्यूठान ॐ पतञ्जली आयुर्वेद योगा भण्डार प्यूठानको सहयोगमा महोत्सव सुरु भएको आयोजकले बताएको छ ।
गणतान्त्रिक खेलकुद मैदान विजुवार प्यूठानमा सुरु हुने महोत्सवमा जिल्ला तहमा उत्पादित कृषिजन्य सामाग्री प्रर्दशन,जिल्लाका पर्यटन गन्तव्यहरुको पहिचान तथा प्रचार–प्रसार,उद्योग प्रर्वद्धन गरिने प्यूठान महोत्सवका सँयोजक तथा स्वाभीमान एकिकृत ग्रामिण विकास सँस्था विजुवारका उपाध्यक्ष ओमहरी भट्राईले बताउनुभएको छ ।
यस महोत्सवका प्रमुख आर्कषणका रुपमा महा नायक राजेश हमाल,नायिका झरना थापा,एसिया महादेशकै होची महिला मञ्जु घिमिरे, लोक तथा दोहोरी गायक बद्री पँगेनी,मोडल तथा गायिका ज्योति मगर,पशुपति शर्मा,लगायत प्यूठानी कलाकारहरु,झलक सँगितम,प्रिती आले,अर्जुन कौशल,मोहन खड्का लगायत जिल्लाका अन्य दर्जनौ कलाकारको जमघट हुने आयोजकले बताएको छ ।
प्यूठानको ब्यवसायीक कृषिउद्योग संस्कृति र पर्यटन क्षेत्रको विकास प्रर्वद्धनका लागि आयोजित महोत्सवका लागि करिव २ सय ३० वटा महोत्सवका लागि स्टल निमार्ण भएका छन् ।
आज देखि सुरु हुने प्यूठान महोत्सव चैत्र ३ गते सम्म आयोजना हुने महोत्सवमा प्यूठान जिल्लामा बसोबास गर्ने विभिन्न जातजातिहरुले आ–आफनै मौलिकपना तथा परिकारहरु, कला संस्कृति झल्कने सामाग्रीहरु, कृषि स्टल लगायतका प्रर्दशनी गरिने भएको छ ।
त्यस्तै महोत्सवलाई मध्यनजर गर्दै जिल्लाका विजुवार वजार,जुम्री वजार,वाग्दुला वजार,खलँगा,चेरनेता,चकचके लगायतका अन्य स्थानहरुमा स्वागत प्रवेशद्धारको निर्माण गरिएको छ भने वजारहरु चितिक्क सिँगारिएको छ ।
प्यूठान जिल्लालाई योगामय बनाउने तथा योगाहल बनाउने उद्धेश्यले उक्त महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा प्रवेशका लागि प्रतिव्यक्ति रु ५० कायम गरीएको छ भने विद्यार्थीहरुका लागि रु ४० को शुल्क कायम आयोजकले गरेको छ ।