जीवन खड्का
प्यूठान,१३ फाल्गुन।
स्वर्गद्धारीमा आज विहान जेसिभी दुर्घटना हुदा एक जना मजदुरको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
रा १ क ३६६ नँम्वरको को जेसिभी स्वर्गद्धारी खाल गाविस वडा नँ ८ नोसमा आज विहान करिव ५ वजे तिर नोस हुदै रोल्पाको जवाङ्ग जोड्ने मोटरबाटो खन्ने क्रममा जेसिभी पल्टिदा जेसिभी सह–चालक दाङ्ग पुरन्धारा १ स्थायी घर भएका अन्दाजी २२ बर्षिय गोपाल केसीको घटना स्थलमा नै मृत्यू भएको अस्थायी प्रहरी पोस्ट स्वर्गद्धारी खालका प्रहरी हवलदार तिलक खत्रीले जानकारी दिनुभएको छ ।
उक्त जेसिभी सडक वाट अन्दाजी झण्डै १ सय मिटर तल पुगेको प्यूठान प्रहरी प्रमुख रञ्जित सिँह राठौरले जानकारी दिनुभएको छ । पुरन्धारा १ दाङ्गका जेसिभी चालक हाम फालेर बाच्न सफल भएको बताइएको छ । उक्त चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।