काठमाण्डु,२३ पौष ।
सामुदायिक रेडियोहरुको छाता संगठन सामुदायिक रेडियो प्रशारक सघ नेपाल (अकोराब) ले नयाँ नेतृत्व चयन गरेको छ । काठमाण्डुमा भएको १२आंै साधारणसभा तथा छैठौं अधिवेसनले सुवास खतिवडाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
आज बिहान सकिएको मतपरिणाम बाट आफ्ना निकटतम प्रतिद्धन्दी किशोरजंग थापालाई हराउँदै खतिवडा अध्यक्षमा विजयी हुनु भएको हो । खतिवडाले कूल खसेको मतको १४२ मतप्राप्तगर्नु भएको छ भने थापाले १ सय ३२ मतल्याउनु भएको छ । खतिवडा यसअघि कार्यसमितिमा कोषाध्यक्ष हुनुहुन्थ्यो भने थापा वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो ।
बरिष्ठ उपाध्यक्षमा होम पाठकलाई हराउँदै अर्जुन गिरी निर्वाचित हुनु भएको छ । पाठकले १ सय ३० मतप्राप्त गर्नुभएको छ भने विजयी गिरीले एकसय ४० मत ल्याउनु भएको थियो ।
त्यस्तै महासचिवमा गोविन्द देवकोटा १ सय ३६ मतप्राप्त गरी विजयी हुनु भएको छ । उहाँको प्रतिस्पर्धीका रुपमा रहनु भएका पिताम्बर सिग्देलले १ सय २८ मत ल्याउनु भयो । देवकोटा यसअघि पनि महासचिव नै हुनुहुन्थ्यो ।
त्यस्तै सचिवमा बन्दना दनुवार १ सय४२ मत प्राप्त गरि विजयी हुनुभयो भने भने तुला अधिकारीले १ सय १९ मत ल्याउनु भएको छ ।
यसगरी कोषाध्यक्षमा लक्षणम खड्का १ सय ३५ मत प्राप्त गरि विजयी हुनुभएको छ । खड्काले सुदर्शन खतिवडालाई ६ मतको अन्तरले हराउनु भएको हो ।
अधिवेशनबाट महिला उपाध्यक्षमा शसिकला दाहालले १३९ मत ल्याएर विजयी हुनुभएको छ भने अर्का उम्मेदवार साबित्रा अर्यालले १२५ मत पाउनु भएको छ । त्यस्तै मधेस उपाध्यक्षमा निमेष कर्ण १३२ मत ल्याएर विजयी हुनुभएको छ । जनजाति उपाध्यक्षमा अर्जुनकुमार राई १३७ मत ल्याएर विजयी हुनुभएको छ भने दलित उपाध्यक्षमा भुवन सिंह निर्विरोध हुनुभएको छ ।
अधिवेशनबाट पदाधिकारीसहित खुला, महिला, दलित, मधेसी र जनजातितर्फ गरी २९ सदस्यीय केन्द्रीय कार्यसमिति र प्रदेश समिति पनि चयन गरेको छ ।
खुला केन्द्रीय सदस्यतर्फ कपिलदेव खनाल, विष्णु अवस्थी, टिकाजंग थापा, धु्रवराज ढकाल, शुक्रराज भण्डारी विजयी हुनुभएको छ ।
यस्तै महिला सदस्यमा धनलक्ष्मी शाही र ललिता कुश्मी निर्वाचित हुनुभएको छ भने मधेसीमा अजयकुमार यादव र रामभरोसी महतो विजयी हुनुभएको छ । त्यस्तै जनजातितर्फ गणेशकुमार श्रेष्ठ र मिलन गाहा तथा दलिततर्फ पूर्णबहादुर विश्वकर्मा विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ । लेखा समिति संयोजकमा भूमिराज चापागाई १५२ मत ल्याएर विजयी हुनुभएको छ भने अर्का उम्मेदवार मेघराज गौतमले ११३ मत पाउनु भएको छ । यस्तै समिति सदस्यहरुमा श्रीराम अधिकारी र देव अन्जान शाह विजयी हुनुभएको छ ।
प्रदेश समिति ११ सदस्यीय रहेको छ । सात वटा प्रदेशको अध्यक्षमा प्रदेश १ मा बच्चु नारायण श्रेष्ठ, प्रदेश २ मा अशोक दत्त, प्रदेश ३ कृष्णहरि घिमिरे, प्रदेश ४ मा शान्ति गुरुङ, प्रदेश ५ मा केपी घिमिरे, प्रदेश ६ रमेश गौतम र प्रदेश नं. ७ दीर्घराज उपाध्याय विजयी हुनुभएको छ ।
अधिवेसनका लागि प्रतिनिधि चुनिएका कूल २ सय ८७ मध्ये २ सय ७६ मत खसेको थियो ।
यसैबीच
नवनिर्वाचित अध्यक्ष खतिवडाले
सामुदायिक रेडियोहरुको वृद्धिविकासका लागि महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता जनाउनु भएको छ । उहाँले सामुदायिक रेडियोलाई कानूनी हिसाबमा पनि बलियो बनाउँदै नेपालमा सामुदायिक रेडियोको छुट्टै पहिचान बनाउन पहल गर्ने बताउनुभयो ।